जी एटको सम्मेलन आयरल्याण्डमा शुरु

३ असार । उत्तरी आयरल्याण्डमा विश्वका धनी मुलुकहरुको समुह जी–एटको सम्मेलन सुरु भएको छ ।

दुई दिने जी–एट सम्मेलनमा अमेरिका, रसिया, ब्रिटेन जर्मनी, फ्रान्स लगायतका मुलुकका नेताहरु सहभागी छन् । यसपालीको सम्मेलनमा सिरियामा जारी संकटले मुख्य प्राथमिकता पाउने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनविच सिरिया संकटका बारेमा छलफल हुँदैछ । त्यस्तै युरोपेली युनियन र अमेरिकाविचको स्वतन्त्र व्यापार सम्झौता बारेमा समेत छलफल हुने अधिकारीहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...