नयाँ प्रक्रिाय शुरु गरे चुनावमा सहभागी हुने बैद्यको भनाइ

१० असार । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले अहिलेको प्रक्रिया स्थगित गरी नयाँ प्रक्रिया सुरु गरे आफूहरु चुनावमा जाने बताउनु भएको छ ।

काठमाडौंमा आइतबार भएको कार्यक्रममा अध्यक्ष वैद्यले सरकार र निर्वाचन आयोगले चुनावी प्रक्रिया तत्काल स्थगित गरि सहमतिको पहल गरेमा आफूहरु चुनावको लागि तयार रहेको बताउनुभएको हो ।

अध्यक्ष बैद्यले बाधा अड्काउ फुकाउ खारेज, दलकै नेतृत्वमा सरकार गठन र संविधानको अन्र्तवस्तुमा पूर्वसहमति भएमा पनि आफुहरु चुनावको लागि तयार रहेको बताउनुभयो । अध्यक्ष वैद्यले एनेकपा माओवादीले नै आफुहरुलाई चुनावमा सहभागि गराउन नखोजेको दावी समेत गर्नुभयो ।

एनेकपा माओवादी जनताबाट टाढिइसकेको आरोप लगाउँदै बैद्यले आफुहरुलाई चुनावमा सहभागी हुन नदिने षड्यन्त्र एमाओवादीकै भएको ठोकुवा गर्नुभयो । अध्यक्ष वैद्यले यथास्थितिमा मंसिरमा चुनाव हुनै नसक्ने पनि दोहो¥याउनुभयो । चार दलको सिण्डिकेटमा मात्र चुनाव हुन नसक्ने भन्दै अध्यक्ष वैद्यले आफूहरुलाई वहिस्कार गरि चुनाव गरेर देखाउन चुनौति पनि दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...