कालीकोटमा पहिरोमा पुरिएर १६ जनाको मृत्यु

४ असार । कालीकोटका विभिन्न स्थानमा पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ ।

जिल्लाको मेहालमुढीको डंखिलीमा गएको पहिरोमा कृष्ण न्यौपाने, टक्क बम, कृष्ण धामी, जीवन तिरुवा, दल सार्की, भूपेन्द्र शाही, कमेरा शाही, कला थापा र उनका छोराको मृत्यु भएको हो ।

त्यस्तै मनराज शाही, चञ्चला शाही र उनका नाति तथा सत्य शाहीका चार जना परिवार समेत हिजोबाट बेपत्ता छन् । कालीकोटको मम्रा गाविसमा बाढीले रहेको साना जलबिद्युत्त केन्द्रको पावर हाउस रहेको खोलामा आएको बाढीले उनीहरुलाई बगाएको प्रमूख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी अछामको हितमा गाविसमा खोला तर्ने क्रममा स्थानीय रत्न बहादुर बुढालाई बगाएको छ । यस्तै बझाङमा सेती नदिमा आएकोे बाढीले सात घर बगाएको छ । बाढीले कोटदेवल गाविस वडानम्बर आठका आठ घर बगाउनुका साथै ६१ घर परिवार विस्थापित भएका छन् । बाढीले सातसय हेक्टर जमिन कटान गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...