
६ महिनाअघि दिएको निर्देशनलाई बेवास्ता गरेको भन्दै उच्च माध्यमिक शिक्षा परिषद्ले तिनकुने सुविधानगरस्थित वार्सा कलेजलाई २४ घण्टे पुर्जी दिएको छ । कलेजले सम्बन्धन लिएको भन्दा अर्कै ठाउँमा फ्ल्याट भाडामा लिएर कक्षा चलाएपछि परिषद्ले गएको मंसिर २७ गते आफ्नै भवनमा सर्न निर्देशन दिएको थियो ।
कलेजको अनुगमन र कारबाही गर्ने काम परिषद्को काठमाडौं सम्पर्क कार्यालयको हो । तर सम्पर्क कार्यालयले बेवास्ता गरेको भन्दै परिषद्ले नै हस्तक्षेप गरी २४ घण्टे अल्टिमेटम दिएको थियो । परिषद्ले नियम मिचेर चलाएका निजी उच्च माविलाई कारबाही गर्ने बताएको छ । आचारसंहिता कार्यान्वयन तथा अनुगमन समितिले आचारसंहिताविपरीत प्रचारका लागि राखिएका उच्च माविका होडिर्ङबोर्ड हटाउने प्रक्रिया थालेको छ ।
समितिले मंगलबार रिङ्गरोड र वरपरका सडक तथा अग्ला घरमा राखिएका होडिर्ङबोर्डको तस्वीर संकलन गरेको थियो । आचारसंहिता अनुसार बाटोबाटोमा होर्डिङ बोर्ड राख्न नपाइने उच्च शिक्षा परिषद्का प्रवक्ता नारायणप्रसाद कोईरालाले बताउनुभयो । यो बर्षदेखि परिषद्ले लिने प्रवेश परीक्षाको कापी ६ महिनासम्म राख्नुपर्ने नयाँ व्यवस्था ल्याएको छ । तर अहिलेसम्म परिषद्का निर्देशन बेवास्ता भइरहेकोमा यसपाली निजी उच्च माविले मान्लान् या नमान्लान् त्यो हेर्न पर्खिनै पर्छ ।
No comments:
Post a Comment