नेलशन मण्डेलाको स्वास्थ्य अवस्था गम्भीर

१० असार । फोक्सोको सक्रमण बढेपछि अस्पताल भर्ना गरिएका दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेलशन मण्डेलाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

दक्षिण अफ्रिकाको राष्ट्रपति कार्यालयले जारी गरेको स्टेटमेन्ट अनुसार उनको स्वास्थस्थिति नाजूक भएको जनाइएको छ । मण्डेलाको स्वास्थ्य अवस्था सुधारका लागि डाक्टरहरुले हरसम्भव प्रयास गरिरहेका छन् । मण्डेलालाई अस्पतालमा भेटर फर्किएका राष्ट्रपति ज्याकव जुमाको भनाई उद्रृत गदै बिबिसीले लेखेको छ उहाँको अवस्था गम्भीर छ ।

फोक्सोको संक्रमण बढेपनि ९४ बर्षीया मण्डेलालाई पुनः अस्पताला लगिएको थियो । यही बर्षभित्र उनलाई तेस्रो पटक अस्पताल भर्ना गरिएको हो । पछिल्लो पटक ८ जुनमा उनलाई प्रिटोरियाको एक अस्पतालमा भर्ना गरिएको हो ।

मण्डेला दक्षिण अफ्रिकाका पहिलो काला जातिका राष्ट्रपति हुन् । जातीय बिभेद बिरुद्धको संघर्षमा उनले २७ बर्ष जेल जीवन बिताएका थिए । जेल जीवन देखि नै उनको फोक्सोमा समस्या देखिएको थियो । सन् २००४ देखि नै सार्वजनिक जीवनमा त्यति नदेखिएका मण्डेला विश्वकप फुटवलको दौरान केही दिन सार्वजनिक स्थलमा देखिएका थिए । त्यसयता उनी अस्पताल बाहेक अन्य सार्वजनिक स्थलमा देखिएका छैनन् ।

जातीय बिभेदका लागि लामो समय लडेका मण्डेलालाई दक्षिण अफ्रिकीहरु राष्ट्रपिताका रुपमा मान्छन । जातीय विभेद अन्त्य गरी अफ्रिकाका लोकतन्त्रका लागि महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई सन् १९९३ मा नोवेल शान्ति पुरस्कारले बिभूषित गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...