दुधमा कोलिफर्म भेटिएपछि डेरीमा सिलबन्दी

५ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर डेरीमा सिलबन्दी गरेको छ ।

विभागले भक्तपुर डेरीको दूधमा कोलिफर्म भेटिएपछि सिलबन्दी गरेको हो ।
विभागले गरेको परीक्षणमा खरिपाटी डेरी, सैंजु डेरीको अमृत र कान्तिपुर ब्राण्ड, भक्तपुर डेरी बीडीपीएल ब्राण्ड तथा सञ्जिवनी डेरीको सञ्जिवनी दुधमा यस्तो जीवणु भेटिएको थियो । विभागले सोमबार नै विज्ञप्ती निकालेर यी ब्राण्डका दुध उपभोग नगर्न सर्वसाधारण सबैलाई आग्रह गरिसकेको छ ।

परीक्षणका क्रममा जीवाणु भेटिएका सबै डेरीमा विभागले सिल गर्ने जनाएको छ । भक्तपुरको औद्योगिक क्षेत्रमा रहेका भक्तपुर डेरीको दूधमा प्रतिमिलि लिटर दुई हजार ४ सय वटा कोलिफर्म भेटिएको विभागले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...