राप्रपा नेपालले संविधानसभाको चुनावमा अप्रत्यासित नतिजा ल्याउँछः कमल थापा

४ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आप्mनो पार्टीले आगामी चुनावमा अप्रत्यासित नतिजा ल्याउने दावी गर्नुभएको छ ।

हेटौँडामा आज संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले यसपालीको चुनावमा जनताले राप्रपा नेपाललाई नसोचेको परिणाम दिने बताउनुभयो । प्रमुख राजावादी दल भएकाले जनतासँगै राप्रपा नेपालप्रति पूर्व राजा ज्ञानेन्द्रको समेत सद्भाव रहनेमा आफु विश्वस्त रहेको थापाको भनाई थियो ।
अध्यक्ष थापाले आगामी चुनावमा राप्रपा नेपालले दुई तिहाई वा सशक्त जनमत प्राप्त गरे सनातन हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र र राष्ट्रिय अखण्डताको एजेण्डा पुर्नस्थापित गर्ने दावि गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...