बन्दले देशभरको जनजीवन प्रभावित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बन्दले देशभरको जनजीवन प्रभावित

Share This
२ असार । नेकपा–माओवादीसहितका ४२ दलले आह्वान गरेको बन्दका कारण आइतवार बिहानैदेखि देशभरको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण अहिलेसम्म कुनै अप्रिय घटना घटेको छैन । तर चोकचोकमा गठबन्धन दलका कार्यकर्ता बिहानैदेखि तैनाथ भएका छन ।
प्रहरी परिचालन पनि बाक्लो छ ।
बन्दको पूर्वसन्ध्यामा शनिवार गठबन्धनले कोणसभा र ¥याली समेत निकालेको थियो।

बन्दसँगै विहानैबाट काठमाडौँमा बाक्लो झरी परेपनि झरीको वेवास्ता गदै कार्यकर्ताहरु बिहानैदेखि चोकचोकमा खटिएका छन् । बन्दको समयमा कुटनीतिक नियोग, एम्वुलेन्स्, प्रेस, र अन्य अत्यावश्यकीय सेवा प्रदायक सवारीसाधनलार्य निर्वाध चल्ने गठबन्धन संयोजक नेकपा –माओवादी प्रवक्ता पम्फा भूसालले जानकारी दिनुभयो ।
बन्द बिहान ६ बजेबाट बेलुका ६ बजेसम्म कायम रहनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here