लागुऔषध कारोबारमा संलग्न ९ जना सार्वजनिक

९ असार । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कारोवारमा संलग्न ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

व्यूरोले काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी दुई किलो सात सय १४ ग्राम चरेस, सेतो हिरोइन ९ ग्राम, ७५ ग्राम खैरो हेरो हिरोइन, २०० ग्राम गांजा सहित ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उर्मिला श्रेष्ठ, सीता श्रेष्ठ, अनिल श्रेष्ठ, सरस्वती विश्वकर्मा, बलबहादुर दर्लामी मगर, यज्ञकुमार सापकोटा, कृष्णप्रसाद श्रेष्ठ र सुनिल तामाङ र सुदीप रामदाम छन् । उनीहरू नरिवलभित्र चरेस लुकाएर लैजाने क्रममा काठमाडौंबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...