ओबामा र पुटिनबीच सिरिया संकटबारे छलफल

४ असार । अमेरिकी राष्ट्रपति बाराक ओबामा र रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनविच सिरिया संकटबारे छलफल भएको छ ।

उत्तरी आयरल्याण्डमा जारी धनी मुलुकहरुको समुह जी–एटको सम्मेलनका क्रममा भएको भेटवार्तामा ओबामा र पुटिनविच सिरियाली संकट, शान्ति सम्मेलन मार्फत समाधान गर्ने सहमति भएको छ ।

दुई मुलुकका राष्ट्रपति बिच स्वीजरल्याण्डको जेनेभामा गर्ने भनिएको सिरिया शान्ति सम्मेलन समेत आयोजना गर्न सिरिया सरकार र विपक्षी दुवै पक्षलाई दबाब दिने सहमति भएको छ ।

जी एट बैठकका क्रममा ओबामा र पुटिनले इरानमा नयाँ राष्ट्रपति निर्वाचित भएसँगै नयाँ समय सुरु भएको बताएका छन् । उत्तरी आयरल्याण्ड सम्मेलनका क्रममा जी–एटका नेताहरु विच विश्व अर्थतन्त्रका विषयमा समेत छलफल भएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...