राष्ट्रपतिलाई थप उपचारका लागि सोमबार जापान लगिँदै

काठमाडौँ, ३ असार । प्रारम्भिक उपचारका क्रममा राष्ट्रपति डा। रामवरण यादवको ठुलो आन्द्रामा घाउ भएको पुष्टि भएपछि थप उपचारका लागि सोमबार जापान लगिने भएको छ ।

यादवलाई थाई एयरको नियमित उडानबाट दिउँसो २ बजे जापान लैजाने राष्ट्रपति यादवका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले बताउनुभयो ।
राष्ट्रपतिको टोलीमा छोरा चन्द्रमोहन यादव, छोरी अनिता यादव, कानूनी सल्लाहाकार सूर्य ढुङगेल निजी चिकित्सक यादव भट्ट, परराष्ट्र मन्त्रालयका एक अधिकारी र तीन सुरक्षाकर्मी पनि जापान जाँदैछन ।

स्वाथ्यमा समस्या आएपछि शुक्रवार शिक्षण अस्पताल महाराजगन्ज पुगेका यादवलाई चिकित्सकले सुविधासम्पन्न अस्पतालमा जान सुझाएका थिए । सोही दिन धापासीस्थित ग्रान्डी अस्पतालमा थप स्वास्थ्य परीक्षण गरेका यादवलाई चिकित्सकले विदेश जान सुझाव दिएका थिए ।

सोही अनुसार यादवलाई जापान लैजान लागिएको हो । यादवको उपचारको सम्पूर्ण खर्च राज्यले बेहोर्ने आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...