ब्राजीलका राष्ट्रपतिबाट सुधारका योजनाहरु सार्वजनिक

८ असार । ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफले सार्वजनिक सेवामा सुधार गर्ने प्रतिबद्धता दिँदै सुधारका योजनाहरू सार्वजनिक गरेकी छिन् ।

सरकारको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि राष्ट्रपति रुसेफले सार्वजनिक यातायात सुधार र तेलको रोयल्टी शिक्षामा खर्चिनेलगायतका सुधारका योजना सार्वजनिक गरेकी हुन् । उनले स्वास्थ्य क्षेत्र सुधारका लागि विदेशिएका हजारौं चिकित्सकलाई फिर्ता बोलाउनेसमेत जनाएकी छिन् ।
ब्राजिलमा सरकारको विरोधमा पाँच लाखभन्दा बढी मानिस सडकमा उत्रिएपछि राष्ट्रपति रुसेफले मन्त्रिपरिषद् बैठक बोलाई सुधार योजना सार्वजनिक गरेकी हुन् । दुई साताअघि सार्वजनिक यातायातमा भाडावृद्धि गरिएको विरोधमा ब्राजिलको साओ पाओलो शहरमा प्रदर्शन सुरु भएलगत्तै प्रदर्शन हुँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...