आगामी संविधानसभाको चुनावमा एमाओवादी नै पहिलो पार्टी हुन्छः बोगटी

८ असार । एकीकृत नेकपा माओवादीका महासचिव पोष्टबहादुर बोगटीले नयाँ संबिधानसभाको चुनावपछि पनि आफ्नो पार्टी शीर्ष स्थानमा रहने दाबी गर्नुभएको छ ।

शनिबार नुवाकोटकोमा महासचिव बोगटीले निर्वाचन आयोगले आवश्यक कानुनको निर्माण प्रक्रिया जारी राखेकोले मंसिर ४ मा नै संबिधानसभाको नयाँ चुनाव हुने बताउनुभयो । महासचिव बोगटीले दलहरुले पनि चुनावी अभियानको बाताबरण तिब्र बताएकाले तोकिएकै समयमा नयाँ चुनाव हुने विश्वास व्यक्त गर्नुभयो ।

महासचिव बोगटीले आसन्न चुनावमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित बामपन्थी दलहरुबीचको एकताको प्रयास सकारात्मक बन्दै गएकाले नयाँ संबिधानसभाको चुनावपछि पनि एकीकृत माओवादी शीर्ष पार्टी बन्ने जिकिर गर्नुभयो ।

महासचिव बोगटीले बामपन्थीहरुबीच संघीयता, गणतन्त्र, परिवर्तन लगायतका विषयमा एउटै दृष्टिकोण रहेकाले आसन्न चुनावमा एकीकृत माओवादी शीर्ष हुने दाबी गर्नुभयो ।

महासचिव बोगटीले हेटौडा महाधिबेशनबाट कार्यदिशा मात्र तयार गरिएकाले पदाधिकारीको बाँडफाँड केन्द्रीय कमिटीबाट हुने भएकाले सदस्यहरुको जिम्मेवारी केही दिनमा परिवर्तन गरिने खुलासा गर्नुभयो । उहाँले सोमबार बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारीबीचको जिम्मेवारी परवर्तनको खाका सार्वजनिक गर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...