दर्जनौ बस्ती पहिरोको जोखिममा

कृष्ण ओली ।
असार । बर्षादको सुरुवादीसंगै बाजुरा जिल्लाका दर्जनौ बस्तिहरु पहिरोको जोखिममा परेका छन् । भिरालो जमिन र कच्चा माटोका कारण अविरल बर्षासंगै बाढी पहिरोको संभावना बढेपछि जिल्लाका दर्जनौ बस्तीहरु पहिरोको जोखिममा परेका हुन् । अविरल बर्षासंगै जाने बाढी पहिरोका कारण बाजुरामा बर्षेनी लाखौ मुल्य बराबरको भौतिक संरचना र मानवीय क्षति समेत हुने गरेको छ ।

यतिबेला जिल्लाका आटीचौर, बह्मतोला, बाह्रविस, कैलाशमाण्डौ, जुगाडा, मार्तडी साप्पाटा जगन्नाथ कुल्देवमाण्डौ लगाएत एक दर्जन बढी गाविसहरु पहिरो उच्च जोखिम रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । पहिरोका कारण आटीचौर १ गुम्लागाँउका ३० परिवार पनि विस्थापित बनेका छन् । उहिरुलाई पनि बर्षाको बेला गाँउ नजिकैको चौरमा पालटाँगेर बस्नु पर्ने बाध्यता छ । त्यसैगरी बह्मतोला कै अम्मकोट, जगन्नाथको साँउने गाँउ, कैलाशमाण्डौंको कालापानी, बाह्विसको जुवापानी, जुगाडाको पाटा, कुल्देवमाण्डौंको निमनी मार्तडीको जिल्ली लगायतका दर्जनौ बस्तीहरु यतिबेला जोखिममा परेका छन् ।

यी गाँउ बस्तीको समस्या यो बर्षमात्र नभइ बर्षै देखिको भएपनि समाधानमा लागि भने कतै बाट पहल नभएको पाइएको छ । जिल्लाका तल्लो भेगमा पर्ने आटीचौर, बह्मतोला कुल्देवमाण्डौ लगाएतका गाविसमा बस्तीहरु बुढीगंगा र गुइगाडी खोलाले कटान गरी पहिरोको उच्च जोखिममा रहेका छन् ।

खोलाको तटबन्ध नहुदा सयौँ रोपनी जमिन खोलाले कटान गरेपछि ती गाविसमा स्थानीय बासीन्दाहरु जीवन पाल्न सपरिवार सहित छिमेकी मुलुक भारत जान बाध्य भएका छन् । खोलाको तटबन्धका लागि बर्षेनी राष्ट्रिय स्तरसम्म पहल गर्दा समेत कसैले वास्ता नगरेको बह्मतोला बासी बसन्त थापाले बताएका छन् । जिल्लाका २७ गाविस मध्ये १६ गाविसलाई पहिरोको जोखिममा समेत सुचित गरेको जिल्ला दैवि प्रकोप समितिले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...