अलैंचीमा अनौठो रोग देखा पर्दा कृषकहरु चिन्तित

२० जेठ । संखुवासभामा अलैंचीको बोटमा अनौठो रोग देखा परेपछि किसानहरू चिन्तित भएका छन् ।

संखुवासभावासीको मुख्य आम्दानीको स्रोत मानिने अलैचीको गानो कुहिने र बोट नै सुक्न थालेपछि किसानहरू चिन्तित भएका हुन् । गत वर्ष ५० मन फल्ने बगानमा यो वर्ष दुई मन अलैची पनि उत्पादन नभएको किसानहरूले बतएका छन् । किसानहरूले जिल्ला कृषि विकास कार्यालयमा रोग निवारणका लागि पटक–पटक आग्रह गरेपनि कार्यालयले सहयोग नगरेको गुनासो गरेका छन् ।

यसैबीच, कार्यालयका प्राविधिक सुजन अधिकारीले रोग पत्ता लगाउन अनुसन्धान केन्द्रमा अलैची पठाएपनि पत्ता नलागेको बताएका छन् । संखुवासभाका २६ गाविसमा नौ हजार हेक्टरभन्दा बढी जमिनमा अलैची लगाइएको कृषि विकास कार्यालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...