इँग्ल्याण्ड र श्रीलंका च्याम्पियन्स ट्रफीको सेमीफाइनलमा प्रवेश

४ असार । इंग्ल्याण्ड समुह ए को बिजेता तथा श्रीलंका उपविजेता बन्दै जारी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन ।

केनिङगटोन ओभलमा गएराती भएको समुह चरणको अन्तिम खेलमा श्रीलंकाले अस्ट्रेलियालाई २० रनले पराजित गदै अन्तिम चारको स्थान तय गरेको हो । टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ५३ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागी महेला जयबद्धनेले सर्बाधिक ८४ रन, लाहिरु थिरीमान्नेले ५७ रन, तिलकरत्ने दिलसानले ३४ रन तथा दिनेश चण्डीमालले ३१ रनको योगदान दिएका थिए । ओपनर ब्याट्सम्यान कुशल पेरेरा भने मात्र ४ रन बनाएर आउट भएका थिए । २ सय ५४ रनको विजय लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको अस्ट्रेलियाको पारी ४२ दशमलब तिन ओभरमा मात्र २ सय ३३ रनमा समेटिएको थियो ।

अस्ट्रेलियाका लागी एडम भोगेसले ४९ रन, ग्रेल्न म्याक्सवेले ३२ रन तथा म्याथ्थिउ वेडले ३१ रन जोडेका थिए । अस्ट्रेलियाको पारी ध्वस्त पार्ने क्रममा श्रीलंकाका नुवान कुलसेकेराले ३ विकेट, रान्गाना हेर्थले दुई विकेट तथा सामिन्दा इरान्गा, लासिथ मालिङगा, एन्जलो म्याथ्थिउज र तिलकरत्ने दिलसानले समान एक—एक विकेट लिएका थिए ।

खेलमा श्रीलंकाका महेला जयवद्धने प्लेयर अफ दी म्याच चुनिए । हारपछि अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । जितपछि श्रीलंकाले ४ अंक बनाएको छ

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...