नेपाल–भारत मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा नेपालको पहिलो स्थान - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाल–भारत मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा नेपालको पहिलो स्थान

Share This
३१ जेठ । नुवाकोटमा यसैसाता सम्पन्न भएको ‘नेपाल–भारत मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा ३४ स्वर्ण, ३० रजत र २३ कास्य पदक जित्दै नेपालले प्रथम स्थान हाँसिल गरेको छ ।
भारतले १० स्वर्ण, १४ रजत र ४४ कास्य हात पार्दै द्वितीय स्थान प्राप्त ग¥यो । प्रतियोगितामा महिला सिनियरतर्फ नेपालकी सोममाया तामाङ, पुरुष सिनियरतर्फ भारतका सतनाल सिंह, पुरुष जुनियरतर्फ नेपालका सन्तोष प्याकुरेल र महिला जुनियरतर्फ नेपालकै सविता पुडासैनी उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा नुवाकोटबाट ८७, रसुवाबाट २४, धादिङबाट १५ तथा काठमाडौबाट ९ खेलाडीहरुले सहभागिता जनाएका थिए ।

त्यस्तै, भारतको विभिन्न ८ प्रान्तबाट ९८ खेलाडीहरुले सहभागि थिए । प्रतियोगितामा सहभागि खेलाडीहरुले अन्तराष्ट्रिय खेलाडीसंगको प्रतिस्पर्धाबाट दक्षता मापन तथा स्तर सुधार गर्ने अवशर मिलेको बताएका छन् । कुल ४४ स्वर्ण, ४४ रजत तथा ६७ रजतको लागि भएको प्रतिस्पर्धामा नेपालका खेलाडीहरुको वर्चश्व रहनुले दक्षिण एसियामा नै नेपाली तेक्वान्दोको स्तर उच्च रहेको आयोजक नुवाकोट तेक्वान्दो सघले जनाएको छ ।

स्थानीयस्तरमा आयोजना गरिएको प्रतियोगिताले खेलाडीहरुमा आत्मविश्वास बढाउन सहयोग पुगेको प्रशिक्षकले बताएका छन । नेपालमा पहिलो पटक नुवाकोटमा आयोजना गरिएको ‘नेपाल–भारत मैत्रीपूर्ण तेक्वान्दो प्रतियोगितामा भारतीय खेलाडीहरुको उल्लेख्य सहभागिताले नेपालमा तेक्वान्दो खेलको सम्भावनालाई प्रस्ट्याएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here