नसिक निड्स ब्राण्डको सावित्री धानको बीउ छरेको १५ दिनसम्ममा पनि नउम्रिदा किसानहरुले धान रोप्नमा ढिलाई र उत्पादन समेत घट्ने भन्दै चिन्तित भएका छन् । जिल्लाको अन्नभण्डार मानिने क्षेत्र खानीगाँउ, गणेस्थान, खरानीटार, सुन्दरादेवीलगायतका गाविसको किसानहरुले छरेको बीउमा समस्या आएपछि रोपाई गर्ने समयमा पुनः धानको बीउ छरेका छन् ।
समयमा रोपाँई गर्न नपाउँदा धानको उत्पादनमा गिरावट आउने र त्यसपछि लगाउने बालीमा पनि ढिलाई हुने किसानहरुको गुनासो छ । नुवाकोटमा नासिक निड्सको आधिकारिक बिक्रेता नभए पनि कम्पनीले दिने उच्च कमिशनको कारण एग्रोभेट पसलेहरुले बीउको परीक्षण प्रतिवेदन नै नहेरिकन खरिद गरेको पाइएको छ ।
किसानले छरेको धानको बीउ बढीमा एक तिहाई मात्र उम्रेको एग्रोभेट सञ्चालकहरुले स्वीकार गरेका छन् । कम्पनीको बीउ परीक्षण प्रतिवेदनमा नासिक निड्सको कार्यालय नेपाल एग्रोसिड एण्ड इन्पुट्स कम्पनी प्रालि उल्लेख छैन भने बीउको प्याकेटमा कम्पनीको पहिचान प्रष्ट नबनाउँदा एग्रोभेट सञ्चालकहरुले बीउमा समस्या आएको कारण बुझ्न नपाएको बताएका छन ।
जिल्ला कृषि विकास कार्यालय नुवाकोटले किसानहरुलाई नक्कली तथा कुहिएको बीउ बेच्ने दलालीहरु बढ्दै गएकाले सचेत रहन आग्रह गरेको छ ।
No comments:
Post a Comment