गोर्खा कप फुटबल अन्तर्गत मनाङ–मस्र्याङ्दी सेमिफाइनलमा - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गोर्खा कप फुटबल अन्तर्गत मनाङ–मस्र्याङ्दी सेमिफाइनलमा

Share This
२५ जेठ । मनाङ मर्स्याङ्दी क्लब गोर्खा कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा शुक्रवार भएको क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–० ले हराउँदै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।
मनाङलाई जिताउन दुवै गोल शिव श्रेष्ठले गरे । खेलको १४ औं मिनेटमा सुजल श्रेष्ठले प्रहार गरेको फ्रि किकलाई हेडमार्फत उत्कृष्ट गोल गरे र खेललाई अग्रता दिलाए । खेलको ४९ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । मनाङले थ्री स्टार र ब्वाइज युनियनबीचको खेलको बिजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । यसैबीच शनीबार हुने दोस्रो क्वार्टर फाइनलको खेलमा नेपाल पुलिस क्लबले आर्मीको सामना गर्दै छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here