चुनावको मिति घोषणाको माग राख्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

१९ जेठ । नेपाल विद्यार्थी संघले तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेवि संघले काठडमाडौमा शनिबार पत्रकार सम्मेलन गरी सुनियोजित रुपले स्ववियु चुनाव स्थगन गरीएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्र्तगत आउँदो १९ गते देशका विभिन्न ठाउँमा प्रर्दशन, २० गते सरकारी गाडी सञ्चालनमा अवरोध र २३ गते उपत्यका बन्दगर्ने लयागतका छन् ।

नेविसंघले तत्काल स्ववियु चुनावको मिति घोषणा नभए दास्रो चरणको आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

यसैबीच ११ विद्यार्थी संगठनले ठूला चार विद्यार्थी संगठनका कारण स्ववियु चुनाव स्थगित भएको आरोप लगाएको छ ।

विद्यार्थी संगठनहरूले काठमाडौमा पत्रकार सम्मेलन गरी नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र माओवादीका दुई अखिल क्रान्तिकारीको स्वार्थका कारण स्ववियु चुनाव स्थगित भएको आरोप लगाएका हुन् ।

ठूला विद्यार्थी संगठनले आफू जित्ने क्याम्पसमा अन्य संगठनलाई निषेध गर्न खोजेको र हार्ने क्याम्पसमा चुनाव बिथोल्ने नियतका साथ क्याम्पसहरूमा तालाबन्दी गरेका कारण चुनाव स्थगित भएको पनि उनीहरूले दाबी गरेका छन् ।

११ विद्यार्थी संगठनले तत्काल मिति तोकेर निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकार र त्रिभुवन विश्वविद्यालयसँग माग पनि गरेका छन् । ११ विद्यार्थी संगठनमा नेपाल क्रान्तिकारी विद्यार्थी संगठन, अनेरास्ववियु पाँचौ र छैठौँ, क्रान्तिकारी विद्यार्थी संगठन, मधेशी विद्यार्थी फोरमलगायत विद्याथी संगठन छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...