इंग्ल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश

६ असार । इंग्ल्याण्ड जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

केनिनङटोन ओभलमा गएराति भएको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गर्दै अन्तिम दुईको स्थान तय गरेको हो । टस हारेर पहिले व्याटिङ गर्ने निम्तो पाएको दक्षिण अफ्रिकाले ३८ दशमलव ४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ७५ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले ५६ रन, रोरी क्लेइनभेल्टले ४३ रन, रोबिन पिटरसनले ३० रन तथा फाप डु प्लेसिसले २६ रनको योगदान दिएका थिए । दक्षिण अफ्रिकाको पारी ध्वस्त पार्ने क्रममा इंग्ल्याण्डका स्टुवार्ड ब्रोड र जेम्स ट्रेडवेलले समान तीन–तीन विकेट तथा जेम्स एन्डरसनले दुई विकेट लिएका थिए ।

१ सय ७६ रनको लक्ष्य लिएर ब्याटिङ गरेको इंग्ल्याण्डले ३७ दशमलव तीन ओभरमा मात्र ३ विकेटको क्ष्ँतिमा लक्ष्य पूरा ग¥यो । इंग्ल्याण्डका लागि जोनाथन ट्रथले सर्वाधिक ८२ रन, जोय रोटले ४८, इयान बेलले २० तथा इयान मोर्गनले १५ रन जोडेका थिए । ओपनर ब्याट्सम्याच एलास्टर कुक भने मात्र ५ रन बनाएर आउट भएका थिए ।

कुकलाई दक्षिण अफ्रिकाका मोरिसको बलमा फाप डु प्लेसिसले क्याच आउट गरेका थिए । खेलमा इंग्ल्याण्डका जेम्स ट्रेडवेल प्लेयर अफ दी म्याच चुनिए । अब उपाधिका लागि इंग्ल्याण्डले विहीबार राति हुने भारत र श्रीलंकाबीचको विजेतासँग भिड्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...