इंग्ल्याण्ड जारी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमीफाइनलमा प्रवेश

३ असार । आयोजक इंग्ल्याण्ड जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको सेमीफाइनमा प्रवेश गरेको छ ।

सोफिया गार्डेनमा गएराति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १० रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । वर्षाका कारण २४ ओभरमा छोट्याएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २३ दशमलव ३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६९ रनको योगफल तयार पारेको थियो ।

इंग्ल्याण्डका लागि ओपनर ब्याट्सम्यान एलास्टर कुकले सर्वाधिक ६४ रन, जोय रोटले ३८, इयान मोगर्नले १५ तथा जोस बुटलेरले १४ रन बनाएका थिए । इंग्ल्याण्डको पारी ध्वस्त पार्ने क्रममा न्युजिल्याण्डका केइल मिल्सले ४ विकेट, मिचेल म्याकक्लेनाघनले तीन विकेट तथा डानियल भेट्टोरी र नाथन म्याककुलमले समान एक—एक विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डको पारी मात्र १ सय ५९ रनमा समेटिएको थियो । न्युजिल्याण्डका लागि केन विलिमसनले ६७ रन र कोरे एन्डरसनले ३० रन जोडेका थिए ।

खेलमा इंग्ल्याण्डका एलास्ट कुक म्यान अफ दी म्याच चुनिए । जितपछि इंग्ल्याण्डले ४ अंक बनाएको छ । तीन अंक बनाएको न्युजिल्याण्डको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भाबना जिवितै रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंकाले अस्ट्रेलियाको सामना गर्दैछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...