विद्यार्थी झडपका कारण पाटन क्याम्पस अनिश्चितकालीन बन्द - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

विद्यार्थी झडपका कारण पाटन क्याम्पस अनिश्चितकालीन बन्द

Share This
१३ असार । पाटन संयुक्त क्याम्पसमा विहीबार दिउँसो नेकपा एमाले निकट अनेरास्ववियु र एमाओवादीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीका विद्यार्थीबीच झडपपछि उत्पन्न तनावका कारण क्याम्पस प्रशासनले क्याम्पसको शैक्षिक तथा सम्पूर्ण प्रशासनिक कार्य अनिश्चित कालका लागि स्थगन गरेको छ।
क्याम्पसका प्रमुख अमन श्रेष्ठले एक सार्वजनिक सूचना जारी गर्दै दुबै विद्यार्थी सङ्गठन र एमाओवादीको वाइसिएलबीच अझै झडपको स्थिति आउने सक्ने भएकाले शैक्षिक र प्रशासनिक कार्य सुचारु गर्न नसकिने जनाए।


क्याम्पसको विशालबजार भाडामा कमिसन खाएको, क्याम्पसमा मनोमानी ढङ्गले एमाओवादी समर्थक मात्रलाई कर्मचारी राखिएको, पठनपाठन प्रभावकारी नभएको भन्दै विरोधमा उत्रेको अनेरास्ववियुले क्याम्पस प्रमुखलाई क्याम्पसमा प्रवेश निषेध गर्ने जनाऊ दिएकै भएपनि कार्यालय पुगेको भन्दै श्रेष्ठमाथि हिजो दिउँसो हातपात गर्न खोजेपछि झडप भएको थियो।

झडप चलिरहेकै बेला क्याम्पसमा पुगेको प्रहरीले क्याम्पसको विद्यार्थी नभएपनि लडाइँ गर्ने उद्देश्यले त्यहाँ पुगेर भिडन्तमा उत्रेका दुवै पक्षका १३ जनालाई पक्रेकामा हिजो साँझै सबैलाई छाडिसकेको छ। क्याम्पसमा दुवै पक्षका विद्यार्थी र युवा जमात ओइरिएको कारण झडपको स्थिति आउन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा ५० जनाको दङगा नियन्त्रण टोली खटाइएको छ।

झडपपछि पक्राउ गरी महानगरीय प्रहरी परिसर जावलाखेल लगिएकामध्ये एमाले निकट अनेरास्ववियुका विद्यार्थीलाई प्रहरीले भित्रै कुटपिट गरेको आरोप लगाइएको छ। सोधपुछकै क्रममा प्रहरीलाई गालीगलौज र हातपात गरेपछि प्रहरीले प्रतिवाद गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठले बताए ।

गत महिना स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन भएपछि पनि अघिल्लो कार्यकालका स्ववियु सभापति झपेन्द्र खत्रीलाई सभापतिकै हैसियतमा क्याम्पसको प्रशासनिक काम र अन्य गतिविधिमा सहभागिता जनाउन दिनुपर्ने मागलाई क्याम्पस प्रमुख श्रेष्ठले अस्वीकार गरेपछि अनेरास्ववियु क्याम्पस प्रमुखसँग आक्रोशित बनेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here