७ असार । पत्रकार शुसिल पन्तलाई साइवर क्राइमको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
साइबर क्राइमको अभियोगमा प्रहरीले पन्तलाई पक्राउ गरी हिरासतमा राखेको छ । नेपाली हेडलाइन्स अनलाइनमा कन्या क्याम्पसको विषयमा लेखिएको एक समाचारलाई आधार बनाएर पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
छात्राहरु मात्र पढ्ने डिल्लीबजारको कन्या क्याम्पसको शौचालयमा भ्याण्टा भेटिएको भन्ने समाचार प्रकाशन गरेको र सो समाचारलाई प्रचार–प्रसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ। सो क्याम्पसको शौचालयमा दुइवटा भ्याण्टा भेटिएको समाचार प्रकाशन गरेको थियो।
प्रहरी परिसर हनुमानढोकाका प्रवक्ता डिएसपी चक्रबहादुर सिंहले पत्रकार पन्त पक्राउ परेको स्वीकार्नुभयो। साइवर क्राइम अभियोगमा पक्राउ परेपनि के अपराध भने सिंहले खुलाउनुभएन।
बिध्युतीय कारोबार ऐनअन्तर्गत सम्पादक सुशील पन्तलाई गिरफ़्तार गरी हनुमानढोकाको हिरासतमा राखिएको छ।
त्यहि कुरा छापा माध्यममा आउँदा सामान्य मानहानी हुने भन्दै सञ्चार सम्वद्ध संस्थाहरुले बिभेदकारी कानूनको चर्को निन्दा गरेका छन्।
No comments:
Post a Comment