मैत्रीपूर्ण खेलमा ब्राजील विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मैत्रीपूर्ण खेलमा ब्राजील विजयी

Share This
२७ जेठ । सन २०१४ मा हुने विश्वकप फुटबल प्रतियोगिताको तयारीमा रहेको ब्राजिलले फ्रान्स विरुद्धको मैत्रिपुर्ण खेलमा जित हात पारेको छ ।
गएराती सम्पन्न भएको खेलमा ब्राजिलले फ्रान्सलाई शुन्यका विरुद्ध तिन गोल अन्तरले पराजित गर्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोल रहित बराबरीमा रोकिएका थिए । खेलको ५४ औ मिनेटमा ओस्कारको गोल मार्फत ब्राजिलले खेलमा अग्रता लिएको थियो ।

खेलको ८५ औ मिनेटमा हेर्मानेसले गोल गदै टिमको अग्रतालाई दोब्बर पारे । एक पक्षिय रहेको खेलको ९० औ मिनेटमा लुकासले पेनाल्टी मार्फत गोल गरेपछि फ्रान्स स्तब्ध भएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here