कमलरी र प्रहरीबीच झडप, ८ घाइते

२० जेठ । काठमाडौंको सिंहदरबार नजिकै प्रदर्शनमा उत्रिएका कमलरी र प्रहरीबीच झडप हुँदा आइतबार आठ कमलरी घाइते भएका छन् ।
हत्या–हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका कमलरी अधिकारकर्मीहरूले सिंहदबार प्रवेश गर्न खोजेपछि  प्रहरीले उनीहरुलाई रोकेको थियो । सिंहदरबा छिर्न खोजेपछि प्रहरी र कमलरीबीच झडप भएको थियो ।

सामान्यतया महिलाको अन्दोलनमा पुरुष प्रहरीले हस्तक्षेप गर्दैनन् । तर, आइतबार कमलरीको ¥यालीमा पुरुष प्रहरीले हस्तक्षेप गरेका थिए । दोहोर झडपका क्रममा कमलरी घाइते भए । कमलरीहरूलाई प्रहरीले लडेको ठाउँमै बुट बजारेर अमानवीय र निन्दनीय व्यवहार गरेको थियो । महिला प्रहरीलाई अघि सारिए पनि पछाडि बसेका पुरुष प्रहरीहरूले कमलरीलाई लात्ती हानिरहेका थिए ।

कानुन र मानवअधिकारको रक्षाका लागि खटिने प्रहरीबाटै महिलामाथि भएको यस्तो दुव्र्यवहारले मानव अधिकारको खिल्ली उडाएको छ । वर्षौअघि सरकारले कानुन नै बनाएर कमलरी मुक्तिको अभियान चलाए पनि अझै कैयन बालिका कमलरी बस्न बाध्य छन् । मुक्त भएकाहरू पनि समाजमा पुनस्र्थापित हुन सकेका छैनन् ।

यसैबीच, आइतबार भएको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले विज्ञप्ति निकालेर प्रहरी नियन्त्रणमा रहेकाहरूलाई तत्काल रिहा, घाइतेहरूको उपचार, कमलरीहरूको माग सम्बोधन र प्रदर्शनस्थलमा महिला प्रहरी वृद्धि गर्न सरकारसँग माग गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...