राष्ट्रिय योजना आयोग तीन वर्षीय योजना निर्माणमा जुट्दै

१० असार । राष्ट्रिय योजना आयोगले तीन वर्षीय योजना निर्माणका लागि छलफललाई तिब्रता दिएको छ । आयोगले आइतबार विभिन्न राजनीतिक दलहरुसंग छलफल गरेको छ ।

काठमाडौमा आयोजना गरिएको १३ औं राष्ट्रिय योजनाको आधारपत्र तर्जुमा विषयक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर रामशरण महतले निर्यात भन्दा आयात बढी भएकोले यसमा ध्यान दिन सुझाव दिनुभयो । उहाँले औद्योगिकीकरणमा लगानीको अवस्था खस्केकोप्रति गम्भीर हुन योजना आयोगलाई सचेत गराउनु भयो । कार्यक्रममा अधिकांश वक्ताले कृषि, विकास, उद्योग तथा प्रबिधिका क्षेत्रमा नयाँ योजना निर्माण गर्नुपर्ने बताएका छन् ।

छलफलमा प्रधानमन्त्री कार्यलयका सचिव कृष्णहरि बास्कोटाले योजना निर्माणमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा सिमेन्ट उद्योगको सम्भावना बढि रहेको तथा जमिनमा नभई आवासमा स्वामित्व बढाउने गरी योजना निर्माण गर्न सुझाव दिनुभयो । आयोगका योजनाहरु महत्वकांक्षी भएको भन्दै सचिव बास्कोटाले सबै खाले योजनालाई समयभित्रै पुरा गर्न आग्रह गर्नुभयो ।

यस्तै योजना आयोगका उपाध्यक्ष्ँ डाक्टर रविन्द्रकुमार शाक्यले आगामी दस वर्षभित्र नेपाललाई विकाशशिल राष्ट्रको सूचिमा राख्ने गरी काम थालेको बताउनुभयो । दुई दिनदेखि छलफलमा जुटेको आयोगले तीन वर्षे योजनामा विद्युतको क्षमता विस्तार गरी १४ सय मेघावाट बनाउने, कृषि बजेटमा दोब्बर गर्ने र उद्योगमा २५ प्रतिशतसम्म कर घटाउने लगायतका महत्वकांक्षि योजना बनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...