पहिरोले लघु जल बिद्युत आयोजनाको नहर बगायो

८ असार । स्याङ्गजाको चित्रेभञ्ज्याङ गाबिसमा रहेको ९८ किलो वाटको पुतपुते दोस्रो लघु जल बिद्युत आयोजनाको नहर पहिरोले बगाएको छ ।

नहर पहिरोले बगाउँदा गाबिस पुरै अन्धकार बनेको छ । बिहिबार राति आएको पहिरोले बिद्युत अबरुद हुन्दा स्मार्ट र एनसेल १–१ बटा मोवाइल टाबर, २ बटा लिफिङ्ग खानेपानी आयोजना, ८ बटा कुटानी पिसानी मिल, १ केबुल नेटर्बक र ४ कुखुरा फार्म लगाएत बन्द हुन पुगेको छन् । बिद्युत अबरुद भए पछि गाउँलेहरुले रेडियो सुन्न, टेलिभिजन हेर्न र मोवाइल समेत चार्ज गर्ने नपाएको र गाउँमा भई रहेको सम्पूर्ण सुबिधाबाट गाउँलेहरु बच्चित भएको गाबिस पूर्व अध्यक्ष मनोरथ शर्माले बताउनु भयो । पहिरो १ सय मिटर आयोजनाको नहर बगाएको शर्माले बताउनु भयो । नगर निर्माण गर्ने करिब १५ लाख लाग्र्ने अनुमान गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...