डेरी सिलबन्दीप्रति दुग्ध व्यवसायीको आपत्ति

५ असार । दुग्ध व्यवसायीले सरकारले दुग्ध विकास संस्थानका उत्पादनमा कोलिफर्म भेटिएपनि कारबाही नगरेको तर निजी उद्योगमा मात्र सिलबन्दी गरेकोप्रति आपत्ति जनाएका छन ।

काठमाडौमा बुधबार पत्रकार सम्मेलन गरेर व्यवसायीले डिडिसीको दूधमा पनि कोलिफर्म भेटिएपनि निजीलाई मात्रै कारबाही गरेको भन्दै आक्रोश पोखेका हुन् ।
कोलिफर्म पूर्ण नष्ट भएको दूध पाउन नसकिने भएकाले उमालेर दूध पिउँदा कोलिफर्म नष्ट भई केही पनि हानि नहुने उनीहरुको तर्क छ । नेपालको सामाजिक अवस्था, पशुपालन प्रणालीका कारण कोलिफर्म पूर्ण निर्मूल गर्न नसकिने भन्दै यसबाट बच्न उमालेर पिउनु नै सर्वोत्तम उपाय भएको व्यवसायीले बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार नेपालभर ८ सय डेरी सञ्चालनमा छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...