सरकारले जारी गर्ने निर्वाचन सम्बन्धी ऐन सबैले स्वीकार्नु पर्छः प्रचण्ड

२८ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका बिकल्प नभएकाले सरकारले जारी गर्ने निर्वाचनसम्बन्धी ऐन सवैले स्वीकार्नुपर्ने बताउनु भएको छ ।

मंगलबार बिहान इलाममा क्रान्तीकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटमा प्रचण्डले सरकारले गरेको निर्णय मान्ने बताउनुभयो । उहाँले संविधानसभा भङ्ग भएपछि प्रकृया मिलाएर चुनावमा जाउ भन्दा नेपाली काङग्रेस र एमालेका नेताहरुले नमान्दा समस्या भएको बताउनुभयो ।

चुनावमा केही दलहरुले भाग नलीने भने पनि मिति घोषणा र ऐन बनेपछी सबै दलहरु चुनावमा आउने प्रचण्डले दाबी गर्नुभयो । निर्वाचन अगाडी बैद्यसग एकता हुन नसक्ने भन्दै दाहालले निर्वाचनमा भाग लिए तालमेल हुनसक्ने सङकेत गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...