विश्वकप फुटबल प्रतियोगिताको छनौट खेलमा पोर्चुगल विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

विश्वकप फुटबल प्रतियोगिताको छनौट खेलमा पोर्चुगल विजयी

Share This
२५ जेठ । सन् २०१४ मा ब्राजिलमा हुने विश्व कप फुटबल प्रतियोगिताको छनौट खेलमा पोर्चुगल विजयी भएको छ ।
गएराति भएको खेलमा पोर्चुगलले रसियालाई शुन्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्न सफल भएको हो । पोर्चुगलका लागि खेलको नबौ मिनेटमा हेल्डर पोस्टिगाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

प्रतिस्पर्धात्मक खेलको ९० औ मिनेट समयसम्म रसियाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेल पोर्चुगलले एक—शुन्य गोल अन्तरले जित्यो ।

गएराति नै भएको अर्जेन्टिना र कोलोम्बियाबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ । खेलको २६ औ मिनेटमा अर्जेन्टिनाका गोन्जालो हिग्युएन र कोलोम्बियाका सि जापाता रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि दुवै टिम १०—१० खेलाडीमा सीमित भएका थिए ।

त्यस्तै, समूह बी मा रहेका चेक रिपब्लिक र इटालीबीचको खेल पनि गोल रहित बराबरीमा सकिएको छ । खेलको पहिलो हाफसम्म दबाबमा राखेको इटालीका लागि खेलको ७२ औ मिनेटमा मारियो बालाटेली रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । बराबरीपछि दुवै क्लबले समान एक—एक अंक बाँडेका छन ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here