थन्क्याएरै आयुर्वेद औषधालयको मेशिन विग्रियो - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

थन्क्याएरै आयुर्वेद औषधालयको मेशिन विग्रियो

Share This
१३ असार । धनकुटास्थित कोशी अञ्चल आयुर्वेद औषधालयमा रहेका लाखौँ मूल्य वराबरका मेशिन सञ्चालनमा नआई जिर्ण अवस्थामा पुगेको छ ।

आयुर्वेदिक औषधि निर्माणका लागि २०५५ सालमा केन्द्रीय आयुर्वेद विभागबाट प्राप्त मेशिनहरु दक्ष जनशक्तिको अभावमा सञ्चालनमै नआई खिया लागेका हो ।

औषधालयमा जडीबुटी पिस्ने मील, ग्रेडिङ मील, लेबलिङ र प्याकिङ गर्ने मेशिनहरु गरी करिब तीस लाख रुपैयां वराबरको छ । औषधालयलाई आवश्यक पर्ने औषधि निर्माण सम्बन्धित कार्यालयले नै तयार गर्ने राष्ट्रिय नीति भएपनि मेशिन प्रयोगमा नआउंदा पर्याप्त र गुणस्तरीय औषधि निर्माणमा समस्या भएको औषधालयले जनाएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here