आलुले वजार नपाउँदा किसान चिन्तित

९ असार । बागलुङमा आलुले बजार नपाउँदा तथा उचित मुल्य नपाए पछि किसान चिन्तित बनेका छन् ।

ग्रामिण क्षेत्रमा उत्पादित आलु ढुवानीको अभावमा बजार पाउन नसकि खेर गइरहेका छन । गाउँ गाउँमा सडक पुगेपनि यातायात सञ्चालन नहुँदा उत्पादित आलु खेर गइरहेका छन । आलु कुइन्टलका कुइन्टल उत्पादन हुने गरेको तर बजारसम्म ल्याउन साधन केही नभएर घरमा नै कुहिने गरेको किसानहरुको भनाइ छ ।

स्थानीय स्तरमा उत्पादित आलु सदरमुकाममा ल्याउदा महङगो पर्ने भएपछि व्यापारीहरुले सस्तो मुल्यमा बाहिरी जिल्लाबाट खरिद गर्ने गरेका छन् । गाउँ गाउँमा व्यवसायीक रुपमा आलोको खेती गरिँदै आए पनि ढुवानी समस्याका कारण आलुले उचीत मुल्य पाउन नसकेको हो ।

बागलुङ पश्चिमका १० गाबिसका कृषकहरु आलु खेती गर्दै आएका छन । जिल्लाको पश्चिम ताराखोला, देबिस्थान,राजकुट,तमान ,ढोरपाटनलगाएतका गाबिसका कृषकहरुले उत्पादन गरेको आलु बिक्रि हुन छाडेपछि कृषकहरुले विकल्पको रुपमा अरु नै व्यवसायको खोजी गर्न थालेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...