३ असार । विश्व नम्बर तीन स्विस रोजर फेडेररले गेरी वेबर ओपन टेनिस प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।
गएराति भएको फाइनल खेलमा स्विस रोजर फेडेररले रसियाका मिखायल योज्नीलाई ६—७, ६—३ र ६—४ को सेटमा हराउँदै पहिलो पटक गेरी वेबर टेनिसको उपाधिमाथि कब्जा जमाउन सफल भएका हुन् ।
खेलको पहिलो सेटमा जित दर्ता गराएका योज्नी त्यसपछिका दुई सेटमा भने फेडेररसँग पराजित भएका थिए । ३१ वर्षीय फेडेररको यो ७७ औ उपाधि हो । यसअघि सम्पन्न भएको सेमिफाइनल खेलमा फेडेररले डिफेन्डिङ च्याम्पियन जर्मनीका टोमी हासलाई तथा रसियाका योज्नीले फ्रान्सेली रिचार्ड ग्यासकुइटलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment