अन्तिम रिपार्टपछि मात्र राष्ट्रपतिको रोगको एकिन हुने

९ असार । आन्द्रामा घाउ देखिएपछि थप उपचारका लागि जापान पुग्नुभएका राष्ट्रपति डा. रामबरण यादवको स्वास्थ्य अवस्था सोमवारमात्र एकिन हुने भएको छ ।

टोकियो बिश्वविद्यालय अन्तर्गतको ‘नेशनल क्यान्सर सेन्टर’ मा उपचाररत यादवको परीक्षणको अन्तिम रिपोर्ट सोमवार आउने जनाइएको छ ।
अन्तिम रिपोर्ट आएपछि मात्र रोगबारे एकिन हुँने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
शनिवारसम्म यादवको ५ किसिमको स्वास्थ्य परीक्षण भइसकेको छ । अस्पतालका अनुसार रिपोर्ट हेर्दा कुनै पनि नकरात्मक नरहेको पाइएको छ । सोमवारको अन्तिम रिपोर्टमा समेत कुनै गम्भीर समस्या नपाइए यादव विहीवार स्वदेश फर्कनेछन ।

अघिल्लो साता स्वस्थ्य परीक्षणका लागि शिक्षण अस्पताल गएका यादवलाई चिकित्सकले धापासीस्थित ग्रान्डी अस्पतालमा रिफर गरेका थिए । ग्रान्डीमा सिटी स्क्यान गर्दा चिकित्सकले सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाएका थिए । चिकित्सकको सझाव अनुसार यादव अघिल्लो सोमवार जापान प्रस्थान गर्नुभएको थियो । मंगलवार अस्पताल भर्ना भएका यादवको स्वास्थ्य परीक्षण बुधवारबाट नियमित भइरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...