च्याम्पियन्स ट्रफीको उपाधि भारतले जित्यो

१० असार । इङ्ल्याण्डमा भएको आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले हात पारेको छ ।

इङ्ल्याण्डको बर्मिमघम क्रिकेट मैदानमा इङ्गल्याण्ड र भारतबीच आइतबार राति भएको प्रतिस्पर्धामा भारतले पाँच रनले इङ्ल्याण्डलाइ पराजित गर्दै उपाधि आफ्नो पक्षमा पा¥यो।
खेलपूर्व बर्षा भएपछि ५० ओभरको खेललाई २० – ट्वान्टी बनाइएको थियो । उक्त
फाईनल खेल आइतबार दिउसो ३ बजेर १५ मिनेटमा नै शुरू हुने भनिएपछि दिउँसोदेखि पनि परेकाले बेलुकी ९ बजेतिर शुरू भएको थियो ।

प्रतियोगितामा पहिले व्याटिङ्ग गरेको भारतले विराट कोहलीको ४३ रन, रविन्द्र जडेजाको ३३ रन र शिखर धवनको ३१ रनको मद्दतले ७ विकेटको क्षतिमा १२९ रन बनाउएको थियो ।

इङ्गल्याण्डका लागि रवि बोपाराले ३ विकेट लिएका थिए, तर पनि यो जितका लागि पर्याप्त भने हुन सकेन । प्रत्युत्तरमा व्याटिङ्गमा उत्रिएको इङ्गल्याण्डले इयान मोर्गानको ३३ रन, रवि वोपाराको ३० रन, जोनाथन ट्रटको २० रन र इयान बेलको १३ रनको मद्दतले ८ विकेटको क्षतिमा १२४ रन मात्र बनाउन सक्यो ।

यस खेलमा भारतका लागि इशान्त शर्मा, रविन्द्र जडेजा, र रविचन्द्रन आश्विनले समान २–२ तथा उमेश यादवले १ विकेट लिएका थिए ।

अलराउण्डर रविन्द्र जडेजा म्यान अफदी म्याचका साथै प्रतियोगितामा सर्वाधिक विकेट लिए वापत उनले गोल्डेन बल समेत हात पारे ।

त्यसैगरि भारतका शिखर धवनले सर्वाधिक रन बनाउँदै गोल्डेन ब्याट प्राप्त गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...