अमेरिकी पूर्वगुप्तचर स्नोडेनविरुद्ध पक्राउ पुर्जी जारी

८ असार । अमेरिकामा सरकारको गोप्य निगरानी कार्यहरूको पर्दाफास गरेका पूर्वगुप्तचर विज्ञ इडवार्ड स्नोडेनविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले हजारौं नागरिकको फोन विवरण रेकर्ड गर्नुका साथै इमेलहरू निगरानी गरेको सार्वजनिक गरेपछि उनीविरुद्ध जासुसी गरी अपराध गरेको आरोपमा मुद्दासमेत चलाइएको छ ।
स्नोडेनविरुद्ध सरकारी सम्पत्ति चोरी गरेको, राष्ट्रिय सुरक्षाको अनाधिकृत सूचना चोरी तथा अनाधिकृत रूपमा गोप्य सूचना सार्वजनिक गरेकोलगायतका मुद्दा लगाइएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीसँग गुप्तचरी काम गरेका स्नोडेन हाल हङकङमा लुकेको विभिन्न समाचार संस्थाहरूले जनाएका छन् । उनले अमेरिका सरकारले हजारौं नागरिकको गोप्य फोन रेकर्ड गरेको तथा इमेल र इन्टरनेटमा निगरानी राखेको सार्वजनिक भएपछि अमेरिकी सरकारको चर्को आलोचना हुँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...