५० लाख लुट्ने डाँकाहरुलाई पक्राउ गरी सार्वजनिक

९ असार । महोत्तरीको सहयोगी विकास बैंक गौशाला शाखाका पचास लाख रुपैयाँ लुट्ने तीनजना डाँकालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ ।

महोत्तरीको गौशाला गाविस वडा नम्बर ९ नवराजपुर टोल नजिकैबाट महोत्तरीतर्फ लग्दै गरेको पचास लाख रुपैयाँ लुट्ने डाँकामध्ये तीनजनालाई प्रहरीले आइतबार सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी गौशाला वडानम्बर. ३ बस्ने धर्मिन्द्र साह, रामनगर गाविस १ इटाटार बस्ने शिवा साह र सर्लाही लालबन्दी गासिवका रविन्द्र मोक्तान छन ।

अभियुक्तहरुबाट लुटिएका पचास लाखमध्ये एक लाख सत्तरी हजार नगद र दुई थान मोवाइल बरामद गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका अन्य ६ जनाको खोजतलास भइहरहेको महोत्तरीका प्रहरी उपरिक्षक पवन खरेलले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...