जुनसुकै हालतमा पनि मंसिर ४ गते चुनाव हुने प्रचण्डको दाबी

३ असार । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जस्तोसुकै हालतमा पनि मंसीर ४ गते चुनाव हुने दाबी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीहरूसँग अध्यक्ष्ँ दाहालले असन्तुष्ट दलहरूका जायज माग सम्बोधन गरेर चुनावको वातावरण बनाउने बताउनुभएको हो । आन्दोलनरत नेकपा–माओवादीलगायतका दलहरू चुनावमा सहभागी बन्ने वातावरण बनाउन आफूले पहल गर्ने पनि उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले मन्त्रिपरिषद् अध्यक्ष्ँ खिलराज रेग्मीको राजीनामाले निकास नआउने भन्दै त्यस्तो माग छोड्न विपक्षीहरूसँग आग्रह गर्नुभयो । अध्यक्ष दाहालले उच्चस्तरीय राजनीतिक समितिमा आन्दोलनरत दलहरूलाई समेट्न छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...