अज्ञात समुहको गोली प्रहारबाट दुई जना घाइते

२ असार । महोत्तरीको मनरामा गोली प्रहारबाट दुई जना घाइते भएका छन् ।

गोली प्रहारबाट मनरा गाविस वडा नम्बर ८ का विकासकुमार सिंह र शैलेन्द्र मण्डल घाइते भएका हुन् । उनीहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार विहान मोटरसाइकलमा आएका बन्दुकधारीले उनीहरूमाथि गोली प्रहार गरेका थिए । यसैबीच, घटनाको जिम्मा सशस्त्र समूह राजन मुक्तिले लिएको छ । राजन समूहले स्थानीय सञ्चारकर्मीलाई फोन गरी घटनाको जिम्मा लिएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...