हिमानी ट्रष्टद्धारा बाढी पीडितलाई सघाउन राहत संकलनको अपील - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

हिमानी ट्रष्टद्धारा बाढी पीडितलाई सघाउन राहत संकलनको अपील

Share This
१४ असार । मध्य तथा सुदूरपश्चिमका बाढी पीडितका लागि राहत संकलनमा सघाउन पूर्व युवराज्ञी हिमानी शाहको नाममा रहेको हिमानी ट्रष्टले सबैमा अपील गरेको छ ।



राहत रकम संकलनका लागि कोषले छुट्टै कोष खडा गरेको हो । शुक्रबारबाट राहत संकलनका लागि विशेष अभियान थालिएको निर्मल निवासका स्वकीय सचिव डा. फणिन्द्रराज पाठकले जानकारी दिनुभयो ।

सबै संघसस्था र व्यक्तिमा सघाउन अपील गर्दै ट्रष्टले नगदबाहेक जिन्सी सामान, लत्ताकपडा खाद्यान्न, औषधि पनि सहयोग गर्न सकिने जनाएको छ ।
सहयोग गर्न चाहनेले बाढी पिडितका लागि पीडित राहत कोषको नाममा सनराईज बैंक, गैरीधारामा खाता खोलिएको छ । सहयोग गर्न चाहनेले खाता नम्बर ००२१०२१३०५००१४ मा रकम जम्मा गर्न सकिने उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here