राष्ट्रपति डाक्टर रामवरण यादव उपचारकालागि जापान प्रस्थान

३ असार । राष्ट्रपति डाक्टर रामवरण यादव उपचारका लागि सोमबार जापान प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति यादव सोमबार दिउँसो दुई बजेको उडानबाट जापान प्रस्थान गर्नुभएको हो । ठूलो आन्द्रामा दाग देखिएपछि सरकारले उपचारका लागि जापान पठाउने निर्णय गरेको थियो ।

राष्ट्रपतिसँग छोरा डाक्टर चन्द्रमोहन, छोरी अनिता, निजी डाक्टर यादव भट्ट र सुरक्षाकर्मी जापान गएका छन् । राष्ट्रपतिको उपचारको संयोजन स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले गरिरहनुभएको छ । एक महिनादेखि पेटमा समस्या देखिएको र चार दिनअघिबाट पखाला लाग्नुका साथै खानामा अरुची भएपछि शुक्रबार राष्ट्रपतिले शिक्षण अस्पतालमा स्वास्थ्यजाँच गराउनुभएको थियो ।

शिक्षण अस्पतालले रिफर गरेअनुसार शनिबार धापासीस्थित ग्रान्ड अस्पतालमा उहाँको पेटको सीटिस्क्यान गर्दा ठूलो आन्द्रामा दाग फेला परेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा आइतबार बसेको बैठकले मेडिकल बोर्डको सिफरिस अनुसार राष्ट्रपति डाक्टर यादवलाई उपचारका लागि जापान पठाउने निर्णय गरेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...