नुवाकोट बन्द खुल्यो, जनजीवन सामान्य बन्दै - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नुवाकोट बन्द खुल्यो, जनजीवन सामान्य बन्दै

Share This
१३ असार । लगातार दुई दिन गरिएको नुवाकोट बन्द खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ ।

नुवाकोटको किम्ताङ गाँउ विकास समितिका पहिरो पीडितहरुलाई सरकारले विदुर नगरपालिकाको वडा नम्बर ६ चण्डीपोखरी स्थित खम्बाक्याम्पमा तत्काल स्थानन्तरण प्रक्रिया अगाडी नबढाउने सहमतिपछि गरेपछि अनिश्चितकालीन नुवाकोट बन्द स्थागित भएको हो ।

बुधबार बिहान निष्कर्ष बिहिन भएको बार्ता पछि साँझ पुनः ज्ञापन पत्र बुझाउन गएका बन्दकर्ताहरुलाई प्रमुख जिल्ला अधिकारी डुल्लुराज बस्नेतले स्थानीयको माग सकारात्मक रहेकाले अहिले नै एक पक्षीय रुपमा खम्बाक्याम्पमा किम्ताङका पहिरो पीडित नल्याउने आश्वासन दिएपछि जारी रहेको अनिश्चितकालीन नुवाकोट बन्द हिजै अपरान्ह ४ बजेबाट सुचारु भएको हो।

प्रमुख जिल्ला अधिकारीले आफ्नो तर्फबाट किम्ताङका पहिरो पीडितको लागि अन्य उचित विकल्प खोजिने र खम्बाक्याम्प नचलाउने प्रतिवद्धता जनाउनुभएको छ । चण्डीपोखरी खम्बाक्याम्प जग्गा बचाउ सङ्घर्ष समिति’ले बुझाएको ज्ञापन पत्रमा खम्बाक्याम्पलाई सरकारको स्वामित्वमा रहने आफ्नै प्रयोजनको लागि तथा सार्वजनिक रुपमा कायम राख्न आग्रह गरिएको छ ।

‘सङ्घर्ष समिति’ले आह्वान गरेको बन्दका कारण जिल्लाभरका यातायात, शैक्षिक सस्था, बजार तथा पसल, उद्योग, कलकारखाना लगायतका क्षेत्रहरु हिजो पनि दिनभर ठप्प बनेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here