स्वर्गीय राजा वीरेन्द्रको फोटो र चिट्ठीको लिलामीका लागि इन्टरनेटमा राखियो

असार ९, नेपाली जनताका प्यारा राजा स्व.वीरेन्द्र शाहको हस्ताक्षर सहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ ।

यो चिठ्ठी सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा लिलामीमा राखिएको छ ।

यो लिलामीलाइ १० दिनका लागि राखिएको हो । यसको सुरुको मूल्य ५ पाउन्ड राखिएको थियो । अहिले इबेमा लिलाम बढाबढ भैरहेको छ ।
उक्त चिट्ठी दरबारले नै न्युजिल्यान्डका एक नागरिक भेर्न इ. बावेनको अनुरोधमा पठाएको हस्ताक्षर सहितको फोटो थियो । तर पनि यसमा मानिसहरूले निकै चासो देखाएका छन । अहिले लिलाम बढाबढमा बिस्तारै उक्त चिट्ठीको मूल्य बढिरहेको छ । स्वर्गीय राजा विरेन्द्रको फोटो र चिट्ठी किन्न चाहानुहुन्छ भने यो लिंकमा गएर हेर्न सक्नुहुनेछ ।
http://www.ebay.co.uk/itm/Birendra-King-Nepal-1972-2001-hand-signed-1974-letter-/121126393542

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...