
मनसुन सक्रिय भएसगै कैलालीका किसानहरू रोपाई गर्न व्यस्त भएका हुन् । विगतका वर्षहरूमा पानी नपर्दा खेत बाँझै राख्नु परेपनि यसवर्ष बेलैमा मनसुन भएकाले रोपाई गर्न सजिलो भएको किसानहरूले बताएका छन् ।
जिल्ला कृषि विकास कार्यालय कैलालीका अनुसार असार दोस्रो साताभित्रै जिल्लामा ४० प्रतिशत रोपाई सकिएको छ । गत वर्षको भन्दा १५ दिन अघिबाटै रोपाई सुरु भएको जिल्ला कृषि विकास कार्यालय कैलालीका बाली विकास अधिकृत अरविन्दमणि त्रिपाटीले जानकारी दिनुभयो ।
कैलालीमा ७० हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमध्ये अधिकांश भूभाग आकाशे पानीको भरमा सिचाई हुने गर्छ । समयमै धान खेती सम्पन्न भएपछि उत्पादनमा समेत वृद्धि हुने विश्वास गरिएको छ ।
No comments:
Post a Comment