घटनाको ८ वर्ष पुग्दा पनि पीडितले अझै राहतको महसुश गर्न सकेका छैनन् ।माडीको बाँदरमुडे खोलामा तात्कालिन नेकपा (माओवादी)ले थापेको विद्युतीय धरापमा परी ३८ जनाले ज्यान गुमाएका थिए ।

माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बाँदरमुढे खोलामा विद्युतिय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।
घटनाकाकै कारण पछि पनि तीनजनाको ज्यान गएको पीडितहरुले बताउँदै आएका छन् । घटना भएको बर्षौ हुँदा पनि आफुहरुले उचित राहत र न्याय नपाएको पीडितहरुले गुनासो छ ।
यसैबीच घटनाको स्मृतिमा बिहीबार बाँदरमुढे घटना पीडित सङ्घर्ष समिति चितवनले बाँदरमुढे खोलामा शोक सभा गरेको छ ।
No comments:
Post a Comment