लडाईमा खेल परिवर्तन गराउने सक्ने हतियार प्राप्त भएको सिरियाली विद्रोहीको भनाई

८ असार । सिरियाली विद्रोहीले सरकारविरुद्धको लडाईमा ‘खेल’ परिवर्तन गराउन सक्ने नयाँ हतियार आफूहरूलाई प्राप्त भएको जनाएका छन् ।

विद्रोही समूह फ्री–सिरियन आर्मीका प्रवक्ता लौए मेक्दादले आफूहरूले लामो समयदेखि प्रतिक्षा गरेका विभिन्न प्रकारका हतियारहरू प्राप्त भएको जनाएका हुन् ।
विद्रोही प्रवक्ताले त्यस्ता हतियार अमेरिकाबाट नभई अरब मुलुकहरूले उपलब्ध गराएको पनि जनाएका छन् । उनले यी हतियारहरूको प्रयोग सुरु गरिसकेकोसमेत जनाएका छन् । तर, विद्रोहीले पाएको हतियारको विवरण भने खुलाइएको छैन् ।
अमेरिकाले विद्रोहीलाई प्रत्यक्ष सैन्य सहयोग गर्ने हालै घोषणा गरेको थियो । यसैबीच, रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले विद्रोहीलाई हतियार उपलब्ध नगराउन पश्चिमा मुलुकहरूलाई चेतावनी दिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...