सरकारले बाढीपहिरो पीडितका लागि ५० करोड रुपैयाँ छुट्टयायो

७ असार । सरकारले सुदुरपश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बाढी पहिरोबाट भएको क्षतिको पुननिर्माणका लागि ५० करोड रुपैयाँ छुट्याएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीग्रस्त क्षेत्रको पुननिर्माण तथा सरकारी कार्यालयहरु सुचारु गर्नका लागि बजेट छुट्याएको हो । सरकारले क्षतिको विवरणसहित पुननिर्माणका लागि बजेट व्यवस्थापन गर्नका लागि अर्थमन्त्रालयसँग समन्वय गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेको छ । केशवप्रसाद भट्टराईलाई विज्ञान तथा प्रविधि मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा सचिव सोमलाल धितालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा, सुदुरपश्चिमाञ्चलकाम क्षेत्रिय प्रशासक आत्मराम पाण्डेलाई रक्षा मन्त्रालयमा, निर्वाचन आयोगका सचिव नारायणगोपाल मलेगोलाई शिक्षा मन्त्रालयमा, महालेखा नियन्त्रक नरेन्द्र दाहाललाई निर्वाचन आयोगमा र मध्यमाञ्चल क्षेत्रिय प्रशासक उद्धवप्रकाश बास्कोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको हो ।

बैठकले नेपाली सेनाका २ जना सहायक रथीको बढुवा गरेको छ भने ११ जनाको जिम्मेवारी हेरफेर गरेको छ । त्यस्तै सिमा सुरक्षाको प्रयोजनका लागिसमेत गरी सशस्त्र प्रहरीका विभिन्न दर्जामा ३ हजार २ सय ४३ जनाको नयाँ दरवन्दी कायम गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...