विवादित विषयमा सहमति भएन, अझै चुनावको मिति अन्यौल

१० जेठ । उच्चस्तरीय राजनीतिक समितिको सोमबारको बैठकले संविधानसभाको सदस्य संख्याबाहेक अन्य विवादित विषयमा सहमति जुटाउन सकेन ।

निर्वाचन अध्यादेश, थ्रेसहोल्ड तथा चुनावको मिति विषयमा सहमति जुटाउन बसेको समितिको बैठकमा दलहरूले आ–आफ्नो अडान राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । अन्य विषयमा विवाद रहेपनि संविधानसभाका सदस्य संख्या चार सय ९१ राख्नेमा भने दलहरूबीच सहमति जुटेको छ । यसअघि सोमबारै समिति र समितिअन्तर्गतको कार्यदलबीचको बैठक बसेको थियो । संयुक्त बैठकले विवादित विषयहरू समितिबाटै टुंगो लगाउने निर्णय गरेको थियो । बैठकमा कार्यदलले बुझाएको पं्रतिवेदनमाथि पनि छलफल भएको थियो ।समितिले विवादित विषयहरूको टुंगो लगाउन कार्यदल गठन गरेको थियो । अर्को बैठक जेठ २४ गते बस्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...