जनकपुरधाम, १५ असार । शुक्रबार रातिदेखि परेको वर्षाले जनकपुर जलमग्न भएको छ ।
वर्षाले जनकपुरको मुख्य चोक मिल्स एरियादेखि भानुचोक जलाशयमा परिणत भएको तथा नगरका अधिकांश घरमा पानी पसेको जनाइएको छ ।
घर भित्रसमेत पानी पसेपछि जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयबासीले रक्षाका लागि गुहार मागिरहेका छन् ।
विगतमा नगरको पानीको निकास जलाद र दूधमती नदीमा हुने गरेकामा हाल आएर नाला सफा नगरेका कारण सो समस्या उत्पन्न भएको बताइन्छ ।
वर्षाले अधिकांश सरकारी कार्यालय पनि डुबानमा परेका छन् ।
No comments:
Post a Comment